आजपनि सदन चल्न नदिने रणनीतिमा एमाले

प्रतिनिधिसभाको बैठक

काठमाडौँ : नेकपा एमालेले आज पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने योजनाबाट पछि नहटेको हो । 

प्रधानमन्त्री प्रचण्डले गत सोमबार व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भनेर दिएको अभिव्यक्ति राष्ट्रहीत विपरीत रहेको भन्दै एमालेले त्यसपछि प्रधानमन्त्रीको राजीनामा मागेको हो । सत्तापक्ष र प्रतिपक्षबीच संसद् खुलाउने विषयमा सहमति हुन नसकेपनि शुक्रबारको बैठक पनि सूचना टाँस गरेर स्थगित भएको थियो ।

शुक्रवार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक आइतबार १ बजे बस्नेगरी स्थगित भएको थियो । यो विचमा दलहरुबीच सहमति जुटाउन सभामुख घिमिरेले आग्रह गरेपनि दलहरुबीच कुनै छलफल भएको छैन । 

एमाले सचेतक महेश बर्तौलाले संवाद र छलफल हुन नसकेको भन्दै मुद्दा जस्ताको त्यस्तै रहेकाले आजको बैठक पनि अवरुद्ध हुने बताए । 

‘कुनै संवाद र छलफल हुन सकेको छैन ।  मुद्दा जस्ताको तस्तै रहेकाले आजको बैठक पनि अघि बढ्न सक्ने अवस्था रहेन’, बर्तौलाले भने, ‘संवादमा सत्तापक्षको रुचि देखिएन ।’

शुक्रवार एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले वार्ताका लागि तयार रहेको बताएका थिए ।  प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ र राष्ट्रिय सभाको बैठक बिहान साढे ११ बजेलाई बोलाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार