अब धनगढीमै ‘म्युजिक क्लास’ लिन पाइने, खुल्यो शिव साधना सङ्गीत पाठशाला

अब धनगढीमै 'म्युजिक क्लास' लिन पाइने, खुल्यो शिव साधना सङ्गीत पाठशाला
शिव साधना सङ्गीत पाठशाला

धनगढी : धनगढीमा शिव साधना सङ्गीत पाठशाला सञ्चालनमा आएको छ। धनगढीमै सङ्गीत सम्बन्धी हार्मोनियम, तबला लगायतका सङ्गीतका विभिन्न विधाहरू बारे प्रशिक्षण गराउने उद्देश्यले आइतबार देखि उक्त पाठशाला सञ्चालनमा आएको हो ।

धनगढी ३ विशालनगर स्थित रेडियो धनगढीको माथिल्लो तलामा रहेको उक्त पाठशालामा आधुनिक गायन, गजल तथा शास्त्रीय सङ्गीत, पप गायन लगायत मादल, तबला, हार्मोनियम, गितार लगायतका सङ्गीत सम्बन्धी सम्पूर्ण कुराहरू दक्ष तथा अनुभवी प्रशिक्षक मार्फत सिकाइने सञ्चालक तथा प्रशिक्षक वसन्त साधकले जानकारी दिए ।

यस्तै, प्रशिक्षण सकिएपछि प्रमाण पत्र र सर्टिफिकेट समेत प्रदान गरिने सञ्चालक विजय जोशीले बताए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार