सीता दाहाललाई राजकीय सम्मानका साथ बिदाइ गरिने, प्रचण्डले थाम्न सकेनन् आँशु 

सीता दाहाललाई राजकीय सम्मानका साथ बिदाइ गरिने, प्रचण्डले थाम्न सकेनन् आँशु 

नेकपा माओवादी केन्द्रकी सल्लाहकार सीता दाहाललाई राष्ट्रिय सम्मान दिएर अन्तिम बिदाइ गरिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नीसमेत रहेकी उनलाई राजकीय सम्मानका साथ बिदाइ गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको बताइन्। 

मन्त्रिपरिषद्ले २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायतका आन्दोलनमा सीताले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि जनाएको छ।

दाहालको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसाथ गर्न सक्नु उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास सरकारले लिएको शर्माले बताइन्। 

  • प्रचण्डले थाम्न सकेनन् आँशु 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।  
जनयुद्धको नेतृत्व गर्दा हरपल आफूलाई साथ दिएकी सीतालाई गुमाउँदा प्रचण्ड अश्रुमिश्रित अवस्थामा देखिएका थिए। 

प्रचण्लाई पेरिसडाँडामा जीवनसाथीको पार्थिव शरीरमा पुष्पअर्पण गर्दा दुई छोरी रेनु र गंगाले सम्हाले । पहिले माला चढाइसकेपछि प्रचण्डले भावविह्वल मुहाराम पत्नीलाई मुठ्ठी उठाएर सलाम गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार