‘गेष्ट टिचर’ को रुपमा पढाउन तयार छु : विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शना

ranju darshana

विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले शिक्षण पेशामा आउन चाहेको बताएकी छिन् । शैक्षिक क्षेत्रमा विद्यार्थीहरुलाई मार्गदर्शन गर्ने आफ्नो इच्छा रहेको उल्लेख गर्दै उनले कक्षा ११ र १२ का विद्यार्थीलाई सामाजिक विज्ञान अध्ययन गराउन उत्सुक रहेको जनाएकी हुन् ।

सामाजिक सञ्जालमार्फत उनले आज कुनै संगठनमा त्यस्तो अवसर भए आफूलाई जोड्न आग्रह गरेकी छन् । उनले सामाजिक विज्ञान सम्बन्धित विषयमा पनि ‘गेष्ट टिचर’ को रुपमा पढाउन तयार रहेको जानकारी दिएकी छन् ।

‘हाई स्कुलका लागि नयाँ शैक्षिक सत्र चाँडै शुरु हुने छ । मैले विद्यार्थीहरुसंग संलग्न हुने, सिक्ने र उनीहरुको शैक्षिक क्षेत्रमा मार्गदर्शन गर्ने मेरो प्यासनको बाटोमा हिँड्ने निर्णय गरेको छु’, उनले भनेकी छन्, ‘म कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि सामाजिक अध्ययन अध्यापन गर्न उत्सुक छु । तपाईंको संगठनमा त्यस्तो ठाउँ, अवसर छ भने जोडिन दिनुहोस् ।’

रञ्जुले राजनीति र अध्यापनलाई सँगसँगै अघि बढाउने तयारी गरेकी हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार