‘मृत्युको विकल्प खोजौँ, दुःखको सामना गर्न सिकौँ’ भन्ने सन्देश बोकी सार्वजनिक भयो ‘दुःखभित्रको खुसी’ हेर्नु भयो त भिडियो ?

‘मृत्युको विकल्प खोजौँ, दुःखको सामना गर्न सिकौँ’ भन्ने सन्देश बोकी सार्वजनिक भयो ‘दुःखभित्रको खुसी’ हेर्नु भयो त भिडियो ?
तस्बिर: म्युजिक भिडियो बाट

धनगढी : ‘मृत्युको विकल्प खोजौँ, दुःखको सामना गर्न सिकौँ’ भन्ने सन्देश बोकी  ‘दुःखभित्रको खुसी’ सार्वजनिक भएको छ। बुधवार कास्पर प्रोडक्सन युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो । 

पर्यटन प्रवर्द्धन एवं सामाजिक  कार्यमा सक्रिय सुदूरका साइकल यात्री भरत विक्रम शाह (फारवेस्टर्न राइडर) को र  सुनिता चौधरीको मुख्य अभिनयीय भूमिका रहेको छ । 

आत्महत्या गर्नुहुँदैन भन्ने सन्देश बोकेको उक्त सङ्गीत भिडियोमा गीतमा सुशील गर्तौला र सज्जा चौलागाइँको स्वर रहेको छ । भने कृष्ण ज्ञवालीको शब्द सिर्जना रहेको छ।

यस्तै,  चन्द सिंहले सङ्गीत संयोजन गरेको उक्त गीतको चन्द्र चौधरीले मिस्किङ गरेका छन् भने गीतको भिडियो छायाङ्कन सतिस सिन्हाले र मासुम विष्टले गरेका छन्। 

गीतले जीवनमा जतिसुकै अप्ठ्यारा परिस्थिति आए पनि आत्महत्या समस्याको समाधान नभएको तथा जस्तो सुकै अप्ठ्यारो परिस्थिति भए पनि हार मान्नु हुँदैन, दु:ख भित्र खुसी खुसी खोज्ने प्रयास गर्नु पर्ने र खुशी मिल्छ भन्ने सन्देश दिन खोजेको  शाहले जानकारी दिएका छ्न ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार