उच्च अदालत दिपायलमा श्रव्यदृष्य सम्वाद विधिबाट ४९२ मुद्दामा बहस

उच्च अदालत दिपायल

डोटी : उच्च अदालत दिपायलमा श्रव्यदृष्य सम्वाद (भर्चुअल) विधिबाट ४९२ मुद्दामा बहस भएको छ। २०७८ चैत ५ गतेबाट भर्चुअल विधिबाट बहस थालिएको मुख्य न्यायाधीश नृपध्वज निरौलाले जानकारी दिए। यो विधि प्रभावकारी देखिएको उनले बताए।

भर्चुअल विधिबाट विभिन्न जिल्लाका ४९ जना कानून व्यवसायीहरूले बहस पैरवी गरेका छन्। ४२ विशेषज्ञलगायतको बकपत्रसमेत यही विधिबाट भेटिएको छ।अदालतको वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश निरौलाले भर्चुअल बहसका कारण अदालतको वार्षिक लक्ष्य प्राप्तीमा सहज भएको बताए। भर्चुअल विधिबाट बहस सुरू भएदेखि हालसम्म सो एक हजार ७० थान मुद्दामा निवेदन परेको छ।

भर्चुअल हेयरिङ्ग उपकरण उच्च अदालत दिपायलका मातहतका सबै अदालतहरूमा जडान गरिएको छ। यो प्रविधिबाट लामो दूरी यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने मुद्दाका पक्षहरूको समेत समय र स्रोतको बचत भएको निरौला बताउँछन्। अदालत दिपायलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको विवरण पनि सार्वजनिक गरेको छ। अदालतले एक हजार ३ सय २४ मुद्दा दर्ता हुने अनुमान गरी त्यसमध्येका ९०३ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा एक हजार २५६ मुद्दा दर्ता हुँदा ९२० मुद्दा फर्छ्यौट गरेको छ।

अनुमान गरिएको मुद्दाको ६८ प्रतिशत फर्छ्यौट गर्ने लक्ष्य राखिएकोमा दर्ता भएकाको ७३.२४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन्।गत आर्थिक वर्षसम्म दर्ता भएका जम्मा मुद्दामा फर्छ्यौट हुन बाँकी तीन सय २६ मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका छन् । गत आर्थिक वर्ष यो संख्या ४८१ थियो । यस्तै सुदूरपश्चिम प्रदेशभरका ९ अदालतमध्ये मुद्दा फर्छ्यौट गर्नेमा डोटी जिल्ला अदालत अगाडि देखिएको छ। डोटी जिल्ला अदालतले आर्थिक वर्ष २०७९/८० मा ९०.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जानकारी दिएको छ । न्यायाधीश शिवलाल पाण्डेयले वार्षिक अनुमानभन्दा बढी मुद्दा फर्छ्यौट गरेको बताए।

गत आर्थिक वर्षमा १७० मुद्दा दर्ता भएकोमा १५४ वटा फर्छ्यौट भएका छन् भने १६ वटा चालू आर्थिक वर्षको लागि जिम्मेवारी सरेर आएका छन् । जिल्ला अदालत डोटीमा १८ महिना र २ वर्ष पुराना मुद्दाको संख्या शून्य रहेको छ । डोटीपछि बैतडीमा ८१.२२ प्रतिशत, डडेल्धुरामा ७७.४१ प्रतिशत, दार्चुलामा ७६.१५ प्रतिशत र ७३.२४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । यस्तै, अछाम जिल्ला अदालतले ७१.६७ प्रतिशत, बझाङले ७०.२५ प्रतिशत, बाजुराले ६६.६६ प्रतिशत, कैलालीले ५५.१५ प्रतिशत र कञ्चनपुर जिल्ला अदालतले ५२ प्रतिशत मुद्दा फछ्र्यौछ गरेको बार्षिक समीक्षा गोष्ठीमा जानकारी गराइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार