‘विव्यस’ भंग गर्ने काठमाडौँ महानगरको निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

'विव्यस' भंग गर्ने काठमाडौँ महानगरको निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति भंग गरेकोप्रति विरोध सुरु भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले अभिभावकहरुको प्रत्यक्ष सहभागितामा विद्यालय व्यवस्था समिति चयन हुनुपर्ने भन्दै महानगरको निर्णयको विरोध गरेको हो ।

महासंघले महानगरको निर्णयका विरुद्धमा संघर्ष गर्ने भएको छ । संघर्ष गर्नुका साथै महासंघले कानुनी उपचार पनि खोज्ने अध्यक्ष गुणराज मोक्तानले बताए । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा रहेका विद्यालय व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको थियो । अभिभावकहरुबाट चयन भएका समिति भंग गरेर महानगरले वडाअध्यक्षको अध्यक्षतामा समिति बनाउने निर्णय गरेको थियो ।

यो क्षेत्रका सरोकारवाला निकायले महानगरको उक्त कदमको विरोध गर्न थालेका हुन् । कोटेश्वरको संस्कृति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ ।

यस्तै महासंघले काठमाडौँ महानगरलाई ज्ञापनपत्र समेत बुझाइएको छ । उनीहरुले महासंघमार्फत उपमेयर सुनिता डंगोललाई ज्ञानपपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै अभिभावकमार्फत मात्रै व्यवस्थापन समिति चयन हुने व्यवस्था मिलाउन माग गरिएको छ ।

उनीहरुले वडाअध्यक्ष स्वतः अध्यक्ष हुने निरंकुश व्यवस्थालाई खारेज गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै महानगरका उपप्रमुख डंगोलले छलफल गर्ने बताएकी थिइन् । साथै महासंघले कानुनी उपचार पनि खोज्नुपर्छ भन्ने विषयमा कानुन व्यवसायीहरुसँग छलफल भइरहेको अध्यक्ष मोक्तानले बताए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार