तपाईँलाई थाहा छ ? कैलाली बहुमुखी क्याम्पसमा पनि सङ्गीत र नृत्य कक्षा सञ्चालन छ ? 

तपाईँलाई थाहा छ ? कैलाली बहुमुखी क्याम्पसमा पनि सङ्गीत र नृत्य कक्षा सञ्चालन छ ? 

धनगढी : धनगढीको कैलाली बहुमुखी क्याम्पसमा पनि सङ्गीत र रङ्गमञ्च/नृत्य कक्षा सञ्चालनमा रहेको छ । धनगढी अथवा सुदूरपश्चिम प्रदेशमा रहेका सङ्गीत क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरूलाई अगाडि बढाउन क्याम्पसमा सङ्गीत तथा कक्षा सञ्चालन गरिएको हो ।

क्याम्पसमा रहेको के एम सी म्युजिक क्लब ले सञ्चालन गर्ने गरी स्ववियुको पहलमा एक जना सङ्गीत शिक्षक र एक जना नृत्य शिक्षकको व्यवस्था गरिएको कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति यमराज जोशीले जानकारी दिए । 

शिक्षकको  शुल्क कलेजले दिने भनेको छ भने यो सेवा अहिले पहिलो चरणमा करिब १० महिनाका लागि सम्झौता भएको छ। त्यस्तै, विद्यार्थीहरूको सहभागिताको आधारमा थप सम्झौता गर्न समेत छलफल भई रहको जनाइएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार