सशस्त्र प्रहरी ब्राउन सुगर सहित आर आइ टीको फन्दामा

सशस्त्र प्रहरी ब्राउन सुगर सहित आर आइ टीको फन्दामा

धनगढी : धनगढीका सशस्त्र प्रहरी जवान प्रदेश प्रहरीको आर आइ टी टिमको फन्दामा परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ घर भएका सशस्त्र प्रहरी जवान ब्राउन सुगर सहित आर आइटीको फन्दामा परेका हुन् । शनिबार साँझ पुनर्वास नगरपालिका १० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले उनीसहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ।

उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १. ग्राम लागुऔषध ९ब्राउन सुगर० फेला परेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार