भारतमा गुडिरहेको रेलमा गोली प्रहार, सुरक्षाकर्मीसहित चारजनाको मृत्यु

गोली प्रहार

काठमाडौं : भारतमा गुडिरहेको रेलमा गोली प्रहार गरिएको छ । रेलवे सुरक्षा बल (आरपीएफ)का एक हवल्दारले गोली हानेका हुन् ।

सोमबारको यो घटनामा चारजनाको मृत्यु भएको छ । रेलमा सवार आरपीएफकै सहायक सब–इन्स्पेक्टर र तीन यात्रीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो रेल जयपुरबाट मुम्बई जाँदै थियो । महाराष्ट्रको पालघर रेलवे स्टेसननजिकै पुगेपछि गोली प्रहार गरिएको जनाइएको छ ।

ती हवल्दारले आफूसित रहेको स्वचालित हतियारबाट गोली हानेका थिए । उनलाई पक्राउ गरिएको रेलवे सुरक्षा बलले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार