अंशको विषयमा भएको विवादले उग्र रूप लिए पछि ‘कन्ट्रयाक्ट किलर’बाट हत्या !

अंशको विषयमा भएको विवादले उग्र रूप लिए पछि ‘कन्ट्रयाक्ट किलर’बाट हत्या !

धनगढी: कैलालीकी मञ्जु रावलको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। डेढ महिनादेखि बेपत्ता भनिएकी लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया रावलको सामुदायिक वनभित्र लास फेला परेपछि हत्या भएको खुलेको हो।

प्रहरीले खोजी गर्दैगर्दा रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला पारेको थियो। रावल जेठ २५ गतेदेखि बेपत्ता भएकोमा आइतबार शव फेला परेको थियो। शव फेला परेपछि अनुसन्धान थालिएकोमा रावलको हत्या आरोपमा आजै ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक(डिएसपी) कुलदीप चन्दले जानकारी दिए।

उनका अनुसार लम्कीचुहा नगरपालिका- ४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, सोही ठाउँकी बर्षा रावल, २४ वर्षीय भरत रावल र अछाम पञ्चदेवल विनायक नगरपालिका- ६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई हत्या आरोपमा पक्राउ गरिएको हो।

उनीहरुले मन्जुको योजनाबद्ध रुपमा हत्या गरेको र घटनाको अनुसन्धान गर्ने क्रममा मञ्जु र गोमा रावलबिच अंशको बिषयलाई लिएर भएको विवादले उग्र रुप लिदा घटना घटेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार १४ साउनमा मञ्जुका छोरा बिवेक रावलले वकिललाई भेट्न मसुरीया जान्छु भनि आफ्नी आमा गएको तर बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए।

मन्जु घरबाट हिंडेको दिनदेखि उनको मोबाईल बन्द भएपछि बिवेकले ईलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए।त्यसपछि खोजी तथा घटनाको अनुसन्धान गर्दैगर्दा बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गामुनी च्यापेर राखेको र केही भाग वरपर छरिएर रहेको अवस्थामा रावलको शव भेटिएको थियो।

सो क्षेत्रमा कंकालहरुका साथै हड्डिमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता शुरुवाल फेला परेको थियो। सोही कपडाबाट मृतक मञ्जुका छोराले आफ्नी आमाको कुर्ता शुरुवाल हो भनि सनाखत गरेका थिए। यता, अहिले प्रहरीले पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार