गोदावरीमा निःशुल्क शव वाहन सेवा सञ्चालनमा

कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ ।

कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ । बुधबार बाट नगरले निःशुल्क रुपमा शव वाहन सेवा सञ्चालनमा ल्याएको हो ।

नगरबासीहरुको सहजताका लागि शव वाहन सञ्चालनमा ल्याईएको नगरप्रमुख विरेन्द्र भट्टले जानकारी दिए । उनले शव वाहनले नगरका अति विपन्न परिवारहरुलाई राहत प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले नगरमा सञ्चालित शव वाहनले नगरका सबै वडाहरुमा रहेका नागरिकहरुलाई सेवा दिने लक्ष्य राखेको बताए । उनका अनुसार नगरपालिकाले ३१ लाखको लागतमा उक्त शव वाहन सञ्चालनमा ल्याएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार