माईलस्टोन बोर्डिङ स्कुलका विद्यार्थी र अभिभावकले धनगढीको स्वस्तिक अस्पतालमा छुट पाउने

माईलस्टोन बोर्डिङ स्कुलका विद्यार्थी र अभिभावकले धनगढीको स्वस्तिक अस्पतालमा छुट पाउने

धनगढी : माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुल धनगढीमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूले धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. (स्वस्तिक अस्पताल) मा उपचार गराउँदा छुट पाउने भएका छन् । शुक्रवार माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुल धनगढी र स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. (स्वस्तिक अस्पताल) धनगढीबिच अस्पतालले दिने उपचार सेवामा छुट दिने गरी सम्झौता भए सँगै उक्त सेवा प्रदान गरिने भएको हो ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि का सञ्चालक समिति सदस्य प्रफुल पन्त र माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुल धनगढीका प्रधानाध्यापक भुवन मल्लले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता सँगै आजका मितिबाट स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलले माईलस्टोन ईङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका तथा अन्य कर्मचारी सबैले जुनसुकै प्रकारको अपरेसनमा १० देखी १५ प्रतिशत छुट, डाईग्नोष्टिकमा १५ प्रतिशत छुट, ल्याब, एक्स-रे, ईसिजी, युएसजी, इको, टिएमटी, एबीपी, हल्टर, फिजियोथेरापी, बेड चार्जमा पनि १५ प्रतिशत छुट र सबै प्रकारका औषधीहरूमा ५ प्रतिशत छुट सेवा प्रदान गरिने अस्पतालका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गर्दै सञ्चालक समिति सदस्य पन्तले जानकारी दिनुभयो ।

यस्तै, छुट सेवा प्रदान गरेकोमा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन स्कुलका प्रधानाध्यापक मल्लले सेवा लिनको लागी अस्पतालले प्रदान गरेको परिवार सदस्यता कार्ड, विद्यालयले प्रदान गरेको परिचय पत्र अथवा विद्यालयमा मासिक शुल्क तिरेको रसिद ल्याई बिरामी स्वयम अस्पतालमा उपस्थित हुनु पर्ने प्रावधान रहेको र अन्य थप जानकारीको लागी विद्यालय प्रशासनमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

यसका साथै, स्वस्तिक अस्पताल धनगढीले अस्पतालमा हुने सबै खाले उपचार गराउँदा मौसमको अवस्थाको आधारमा चिसो तातो (एसी) जडित संरचनाबाट सेवाहरू प्रदान गरिँदै आएको छ । भने सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी ३ ओटा बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र सात हजार पाँच सय रुपैयाँमा होलबडी चेकजाँच सेवा सँगै विभिन्न प्रकारका सुविधा सम्पन्न क्याबिनको व्यवस्था गर्दै मानव स्वास्थ्यमा आउने हरेक समस्याको निदान गर्दै आइरहेको छ ।

माईलस्टोन बोर्डिङ स्कुलका विद्यार्थी र अभिभावकले धनगढीको स्वस्तिक अस्पतालमा छुट पाउने

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार