धनगढी र गोदावरी क्षेत्र भित्रका छाडा पशु चौपायालाई निःशुल्क लम्पी स्किन बिरुद्धको भ्याक्सिन

धनगढी र गोदावरी क्षेत्र भित्रका छाडा पशु चौपायालाई निःशुल्क लम्पी स्किन बिरुद्धको भ्याक्सिन

धनगढी : धनगढी उप-महानगरपालिका र गोदावरी नगरपालिका क्षेत्र भित्र रहेको छाडा पशु चौपायालाई निःशुल्क लम्पी स्किन बिरुद्ध भ्याक्सिन लगाईएको छ । 

गौसंरक्षण सेवा समिति धनगढीका उपाध्यक्ष यशपाल अवस्थीको अगुवाईमा सडकमा रहेका छाडा पशु चौपायालाई शनिबार देखि निःशुल्क रुपमा लम्पी स्किन बिरुद्धको भ्याक्सिन लगाईएको हो । २ दिनमा २ सय भन्दा बढी छाडा पशुचौपायाहरुमा भ्याक्सिन लगाईएको उपाध्यक्ष अवस्थीले पश्चिम टुडेलाई बताए ।

देशभरका पश चौपायाहरुमा लम्पी स्किन रोगको संक्रमणका कारण हजारौं पशु चौपायाको मृत्यु भईरहेकोले हाम्रो टीमले निःस्वार्थ रुपमा अभियान थालेको उपाध्यक्ष अवस्थीले पश्चिम टुडेलाई जानकारी दिए ।

उनको टीममा युवा समाजसेवीहरु कृष्ण राज पन्त, पुष्कर राज पन्त, जिल्ला भेटेनरी कार्यालयमा ओ.जि.टी गरिरहेका बिरेन्द्र गिरी, सन्तोष धामी निःशुल्क रुपमा स्वयंसेवकका रुपमा कार्य गरिरहेका छन् ।

५ दिन सम्म संचालन हुने अभियानमा निःशुल्क रुपमा औषधि उपलब्ध गराउने जिल्ला पशु सेवा कार्यालय, स्वयंसेवक,सवारी साधन उपलब्ध गराउने मालिकार्जुन ट्रान्सपोर्ट, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरु प्रति गौसंरक्षण सेवा समितिका उपाध्यक्ष यशपाल अवस्थीले हार्दिक आभार प्रकट गरे ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार