१०२ पटक जीवन दान गर्ने पत्रकार उपाध्याय सम्मानित

१०२ पटक जीवन दान गर्ने पत्रकार उपाध्याय सम्मानित

धनगढी : १०२ पटक जीवन दान गर्ने पत्रकार दिपक उपाध्यायलाई सम्मान गरीएको छ। दिनेश फाउन्डेसनले मङ्गलवार आयोजना गरेको ११ औं वृहत् रक्तदान कार्यक्रममा १०२ पटक रक्तदान गरेका उपाध्यायलाई सम्मान गरिएको हो।

रक्तदान कार्यक्रममा फाउन्डेसनका अध्यक्ष श्याम हमालले पत्रकार उपाध्यायलाई नगद ५१ हजार सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन्।

सुदूरपश्चिममा उपाध्यायले हालसम्म सर्वाधिक १०२ पटक रक्तदान गरेका छन्। पत्रकार उपाध्याय रक्तदान गर्न चाहने व्यक्तिका लागि प्रेरणाको स्रोत भएकाले अन्य रक्तदान गर्न चाहने व्यक्तिलाई समेत हौसला पुगोस् भनेर सम्मान गरिएको हमालको भनाई छ ।

रक्तदानबाट धेरैले जीवन दान प्राप्त गर्ने भएकाले दिनेश फाउन्डेसनले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र यो वर्ष ११ औं पटकको रक्तदान कार्यक्रम गरिएको अध्यक्ष हमालले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार