सुदूरपश्चिममा शनिवारदेखि तीन दिन भारी वर्षा, सचेत रहन आग्रह

मनसुन भित्रने तरखरमा, मौसम पूर्वानुमान महाशाखा के भन्छ ?

धनगढी : सुदूरपश्चिममा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वअनुमान महाशाखाले जारी गरेको विज्ञप्तिमा भोलीदेखि तिन दिनसम्म भारी वर्षा हुने अनुमान छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ। आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ।

यसको प्रभावले शनिबार राती देशभर सामान्य देखि पूर्णतया बदली रहि देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षा तथा एक/दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार देशभर पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै मधेश र लुम्बिनी प्रदेशका एक९दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

सोमबार देशभर सामान्य देखि पूर्णतया बदली रहि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा वर्षा हुने छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार