भारत बाट घर फर्किने भनी रेल चढेका रमेस बहादुर रावत बेपत्ता

भारत बाट घर फर्किने भनी रेल चढेका रमेस बहादुर रावत बेपत्ता

धनगढी : भारतबाट घर फर्किने क्रममा एक जना नेपाली नागरिक हराएका छन् । कैलालीको पहलमानपुर ११ भलौवा निवासी रमेस बहादुर रावत भारतको बेङलोर देखि घर आउने भन्दै रेल चढेर फर्किने क्रममा बेपत्ता भएका हुन् । 

रावत यही मिति २०८०।०५।०१ गते दिउँसो १ बजेको समयमा घर आउने भनी रेल चढी आए पनि ८ दिन बिती सक्दा पनि सम्पर्कमा नआएको उनको पारिवारिक श्रोतले जनाएको छ । 

रावतको मोबाइल नम्बरमा फोन गर्दा मोबाइल स्विच अफ देखिरहेको हुँदा यदि कतै निज व्यक्ति लाई देखे भारतका लागि नरेन्द्र बहादुर रावतको मोबाइल नम्बर ७७६०३२८६३९ मा, नेपालका लागि निज हराउने व्यक्तिको घरको सम्पर्क नम्बर ९७४९८१३९४३ मा अथवा नजिकको प्रहरी प्रशासनमा खबर गरिँदिन हुन अनुरोध गरिएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार