बालेनको धम्की : सिंहदरबारमा आगो लगाइदिन्छु

काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । उनले महानगरपालिकाको गाडी संघीय सरकारले रोकेको भन्दै यस्तो धम्की दिएका हुन् । 

‘आजको लागि केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनले सरकारलाई ‘चोर’को संज्ञा समेत दिएका छन् । उनले भनेका छन्, ‘याद राख चोर सरकार !’
बालेनले सरकारको कामकारबाहीप्रति निरन्तर कटाक्ष गर्दै आएका छन् । तर, पछिल्लो समय शनिबार भने उनले अराजक अभिव्यक्ति दिएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार