सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको हरियाली धनगढी अभियानलाई आर्थिक सहयोग

सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको हरियाली धनगढी अभियानलाई आर्थिक सहयोग

सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले आज धनगढ़ीमा एक कार्यक्रममा उप महानगरपालिकामा पुगी सुदूरपश्चिमेली नेपाली समाज कार्यसमितिको तर्फबाट संचालित अभियानमा आर्थिक सहयोग गरिएको ने.रू. एक लाखको चेक हस्तान्तरण गरेको छ ।

धनगढी उपमहानगरपालिकाले संचालन गरिएको “हरियालिमय धनगढ़ी” उक्त अभियानलाई एक्यवद्धता जनाउँदै उप-महानगरपालिकामा उपमेयरको कार्यकक्षमै पुगी सो रकम हस्तान्तरण गरिएको हो ।

समाजका तर्फ़ बाट अध्यक्ष श्री शेर बहादुर रावत, संरक्षक श्री धन बहादुर बलायर, दक्षिण कोरियाका पूर्व अध्यक्ष श्री धर्मराज जोशी, कुवेत पूर्व अध्यक्ष अमर खड्का एवं मलेसिया पूर्व अध्यक्ष समीर मल्ल्को उपस्थिती रहेको उक्त समारोहमा स्थानीयसरकारका तर्फ़बाट उपमेयर कन्द्कला कुमारी राना, प्रशासन अधिकृत रामलाल श्रेष्ठ सहित कर्मचारी एवं पत्रकारहरूको उपस्थिति रहेको समाजका अध्यक्ष शेर ब राउतले जानकारी दिनुभयो।

सो सहयोग बारे उपमेयर ज्युले सुदूरपश्चिमेली नेपाली समाजले गरेको सो सहयोग बारे प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार