सेतिका मेसु डाक्टर पाण्डेयको सरुवा गर्ने निर्णय

सेति प्रादेशिक अस्पताल
सेति प्रादेशिक अस्पताल

धनगढी : सेति प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेयको सरुवा भएको छ । केही दिन अघि बसेको मन्त्रीपरिषदको बैठकले डाक्टर पाण्डेयलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवमा गर्ने निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्रालायको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले मेसु डाक्टर पाण्डेयलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गर्ने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए । उनले भने –‘कर्मचारी सरुवा सम्बन्धी मन्त्रीपरिषदको बैठक बसेको हो । त्यसमा सेतिका मेसुलाई महाकालीमा सरुवा गर्ने निर्णय भएको हो । उनको ठाउँमा कसलाई राखिएको छ भन्ने जानकारी भएन् ।’

मेसु डाक्टर पाण्डेयको सरुवा भएपछि अस्पतालमा निमित्त मेसुका रुपमा डाक्टर शेरबहादुर कमरले सम्हालेका छन् ।

सेतिमा मेसु कसलाई बनाउने भन्नेबारे सामाजिक विकास मन्त्रालयले निर्णय दिन सकेको छैन् । सामाजिक विकास मन्त्री झपटबहादुर साउदले मेसु डाक्टर पाण्डेयको सरुवा भएको र उनको ठाउँमा नयाँ मेसु नियूक्त गर्ने तयारी भइरहेको बताए । उनले भने –‘सेतिमा कार्यरत सात जना चिकित्सक छन् । सोही मध्येबाट ज्येष्ठताका आधारमा मेसु नियूक्त गरिने छ । अहिलेनै यो हुने वा नहुने भन्न सकिदैन् ।’ उनले अस्पतालको मेसु जुन डाक्टरलाई बनाएपनि सबैको सहमति रहने बताए ।

यता, सरुवा भएका मेसु पाण्डेय पुनः सेतिमै बस्ने गरि आन्तरिक तयारी गरिरहेको जनाइएको छ । उनी भन्छन् –‘म विदामा छु । निमित्त मेसु शेरबहादुर कमरलाई दिइएकोले अस्पतालबारे केही जानकारी चाहे उहाँलाई सम्पर्क गर्नुहोस् ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार