कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु

मृत्यु

बाजुरा : कोल्टीबाट रिफर गरिएका बिरामीको शनिबार जहाजमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका वडा नम्बर ३ का दलजित कटेल रहेका छन् । उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपागन्ज रेफर गरिएको थियो।

कटेल एपेन्डिसाइडका बिरामी रहेको बुझिएको छ । उपचारका लागि सिता एयरको विमानमा शनिबार दिउसो १२ः३३ बजे कोल्टीबाट नेपालगन्जका लागि उडेको थियो । बीच आकाशमै कटेलको ज्यान गएको विमानमा सवार लक्ष्मण जोशीले जानकारी दिए ।उनले भने ‘प्लेन उडेको केही समयमा उनलाई गाह्रो भएपश्चात विमान परिचारिका अगाडि आएर कोही स्वास्थ्यकर्मी हुनुहुन्छ कि ?  भनेर सोधेका थिए।

त्यसपछि उनले पाईलटसंग के कुरा गर्नुभयो थाहा भएन । पाईलटसंग पानी मागेर बिरामीलाई खुवाउनु साथै बिरामीको सिटमै उभिएर हर प्रयास गरे। तर बीच आकाश उडीलेक आसपास पुरै अचेत भैसकेका थिए । पुनः अगाडि आएर पाईलटसंग के कुरा गरे, थाहा भएन। प्लेनको स्पिड पनि बढी नै थियो।

पाईलटले पनि चाँडो पुर्याउन सकेमा बचाउन सकिन्छ कि भनेर प्रयास गरेको हुनसक्छ । विमान परिचारिका कोल्टीबाट नेपालगंजसम्म उनको सेवामा उभिएर सहयोग गरे। हामी नेपालगंज २६ मिनेटमा पुगिसकेका थियौ । नेपालगंज एयरपोर्ट पु्ग्नु अगाडि नै उनले देह त्याग गरिसकेका रहेछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार