वीर अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेका एक पुरुषको मृत्यु

वीर अस्पताल

काठमाडौं : वीर अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलका अनुसार सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन्। उनको पहिचान भने खुल्न सकेको छैन।

उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए। त्यसपछि उनी छैटौं तलामा गएर हाम फालेका थिए।

अस्पताल प्रशासनका अनुसार उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार