मानिसको मस्तिष्कमा कसरी पुग्यो जिउँदो जुका ?

मानिसको मस्तिष्कमा कसरी पुग्यो जिउँदो जुका ?

अस्ट्रेलियामा चिकित्सकहरूले एक महिलाको मस्तिष्कबाट आठ सेन्टिमिटर लामो जुका निकालेका छन्। मान्छेको मस्तिष्कमा जिउँदो जुका फेला परेको यो पहिलो घटना भएको बताइएको छ।

उक्त परजीवी प्रायः अजिङ्गरमा पाइन्छ। वैज्ञानिकहरूका अनुसार ती महिलाको मस्तिष्कमा उक्त जुका दुई महिनादेखि बसेको हुनसक्छ।

ती महिलाको गत वर्ष क्यान्बरामा शल्यक्रिया गरिएको थियो। यसबारे ‘इमर्जिङ इन्फेक्शस डिजीजेज’ जर्नलमा अहिले विवरण प्रकाशित भएको हो।

उक्त विवरणमा जुकाको लार्भाले मानिसको शरीरमा अतिक्रमण गरेर मस्तिष्कमा वयस्क जीव विकसित भएको यो पहिलो घटना भएको ठानिएको उल्लेख छ। –बीबीसी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार