SKIP THIS

S.P.A  Collage

सुदूरपश्चिमका टोल टोलमा के गर्दै छन् माओवादी ?

अभियानमार्फत जनतामा फर्किएका छौंः सांसद रावल

सुदूरपश्चिमका टोल टोलमा के गर्दै छन् माओवादी ?

सिलगढी : नेकपा (माओवादी केन्द्र)को तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान डोटी जिल्लामा पनि तीब्र रुपमा अगाडि बढेको छ । भदौ १६ गते जिल्लामा खटिएका ६ वटा अभियान टोलीले एकसाथ उद्घाटन गरेका थिए ।

अभियानको अहिले पहिलो चरणको कार्यक्रम अनुसार बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माणलगायतका कामहरुमा आफूहरु केन्द्रीयत भएको केन्द्रीय सदस्य शरद सिंह भण्डारीले जानकारी दिए ।

जिल्लाको सिलगढी नगरपालिका र केआई सिंह गाउँपालिमा अभियान टोलटोलसम्म पुगेर र जनताको उत्साहजनक सहभागिता रहेको भण्डारीले बताए ।

भण्डारीका अनुसार १७ गते दिपालय सिलगढी नगरपालिकाका वार्ड १ र ५ का टोलहरुमा कार्यकता भेला र १८ गते दिपायल सिलगढी नगरपालिका –२ को धारी र ४ को राजपुर ३ बजे र पिपल्ला ५ बजे कार्यकर्ता भेला साथै केआई सिंह गाउपालिकाको वार्ड नं. ५ को हाडेआम, ६ र ७ को डोडरमा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
वडाका गाऊ टोलको कार्यक्रम हुने गाऊको नाम सहित लेखेको छु

डोटी जिल्लामा ६ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, शरद सिंह भण्डारी, लक्षिराम आचार्य, गोविन्द बिक रहेका छन् । त्यस्तै, प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल र प्रदेश सदस्य छवि ओलीले अभियान टोलीको नेतृत्व गरेका छन् ।
अभियान मंसिर १५ गतेसम्म चल्ने अभियानले पार्टी सदस्यता नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउन । कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने र आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा संचालित स्थानीय सरकारहरुले कम्तिमा १÷१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम शुरु गर्ने र संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम ७ वटै प्रदेशमा एक÷एक वटा आयोजना संचालनको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिएको छ ।

पहिलो चरणः दोस्रो चरणः पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया,
तेस्रो चरणः जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम । सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र एक्यवद्धताका कार्यक्रम ।

अभियानमार्फत जनतामा फर्किएका छौंः सांसद रावल
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले माओवादी पुनः जनतामा फर्केको बताएका छन् । उनले तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमार्फत आफूहरु जनतमा फर्केका बताएका हुन् ।
“यो अभियानमार्फत हामीहरु जनतामा फर्केका छौं । सहिदहरुले देखाएको बाटो र प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवाद पुग्ने बाटो फराकिलो बनाउने उद्देश्यसहित जनतामा फर्केका हौं” सांसद रावलले भने ।

अभियानको क्रममा कैलालीको लम्कीचुहाका कार्यकर्तासँग छलफल गर्दै रावलले माओवादीहरुले आफैबाट रुपान्तरण सुरु गरेको बताउँदै अब २१ औं शताब्दीको समाजवादी क्रान्तिको कार्यभार पनि माओवादीले नै पूरा गर्ने दाबी गरे । “हामीले आफैबाट रुपान्तरण अभियान सुरु गरेका छौं, नेता कार्यकर्ता सबै रुपान्तरित हुनुपर्छ । रुपान्तरण हामीबाटै सुरु गरेमात्रै २१ औं शताब्दीको समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न सक्छौं” रावलले भने ।

अभियान टोलीले पहिलो चरणका कार्यक्रम अनुसार स्थानीय पार्टीको अवस्था, भेला तथा बैठक सदस्यता नविरकणलगायतका कार्य भइरहेको रावलले जानकारी दिए ।

अभियान टोलीद्वारा कौवापुर हत्यकाण्डका सहिदको सम्झनामा बिरामीलाई फलफुल बितरण

नेकपा (माओवादी केन्द्र) का नेताहरुले कैलालीको कौवापुर हत्याकाण्डका सहिदको सम्झनामा बिरामीलाई फलफुल बितरण गरेका छन् । माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष तथा प्रदेशको संसदीय दलका उपनेता अंकल रावलसहितका नेताहरुले अस्पतालमै पुगेर फलफुल बितरण गरेका हुन् ।

तत्कालिन राज्य पक्षले २०५५ भदौ १७ गते कौवापुरको जंगलमा माओवादी नेताहरु टंक बोगटी, यज्ञश्वर शर्मा, र भिमबहादुर भाटको गोली हानी हत्या गरेको थियो । कौवापुर हत्याकाण्ड स्मृति दिवसको अबसरमा लम्कीचुहा अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको हो ।

अभियानकै क्रममा सांसद अक्कल बहादुर रावलसहितका नेताहरु अस्पतालमै पुगेर बिरामीको अवस्थाबारे जानकारी लिएका थिए । सो अबसरमा अस्पताको सेवा र सुविधाबारे सांसद रावलले जानकारी लिएका थिए । व्यवस्थापक जयन्द्र जैसी र सदस्य सचिव गंगाराम उपाध्यायले अस्पतालको अवस्थाको बारेमा जानकारी गराएका थिए । सांसद रावलले अस्पतालको भौतिक संरचनाको विकाससँगै जनशक्तिको विकासको लागि हामीले प्रदेश सरकारसँग पहल गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रेम बयक पनि सहभागी थिए ।

सुदूरपश्चिम प्रदेशका पर्यटनमन्त्री रमेश धामी डडेल्धुरामा, टोलटोलमा पुगेर स्थानीयसँग साक्षात्कार
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी डडेल्धुराका गाउँगाउँमा पुगेका छन् । मन्त्री धामीले परशुराम नगरपालिकाका टोलटोलमा पुगेर जनताका गुनासो र सुझाव सुनिरहेका छन् ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका धामी पार्टीले संचालन गरेको तीन महिने अभियानको क्रममा परशुराम नगरपालिकाका जनतासँग साक्षात्कार गरिरहेका छन् । आज अभियानको क्रममा नगरपालिकाको वडा नम्बर ३ भिर्कोटका स्थानीयसँग छलफल गरेका छन् ।

अभियानको कार्यतालिकासँगै मन्त्री धामीले मन्त्रालयको तर्फबाट जनताका गुनासा र सुझाव पनि सुन्ने गरेका छन् । उनले आफ्नो मन्त्रालयबाट परशुराम नगरपालिकामा केही नयाँ काम सुरु गर्न चाहेको भन्दै त्यसको लागि सुझाव पनि मागेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार