सुदूरका केही स्थानमा आज पनि गौरा पर्व मनाइँदै, धनगढी उप-महानगरले दियो दोस्रो पटक बिदा

सुदूरका केही स्थानमा आज पनि गौरा पर्व मनाइँदै, धनगढी उप-महानगरले दियो दोस्रो पटक बिदा

धनगढी : सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज पिन गौरा पर्व नाइँदै छ। गौरा पर्वमा अष्टमीका दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व सबै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ।

यस वर्ष तिथी परिवर्तनका कारण दुई पटक गौरा मनाइएको हो। भदौ ७ गते गौरा पर्व नमनाएकाहरुले आज गौरा पर्व  मनाउदै छन्। पञ्चमीदेखि आरम्भ हुने गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्।

पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ। पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ।

त्यस्तै, सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो चढाउने चलन छ। अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थलमा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। धनगढी उप-महानगरपालिकाले आज गौरा पर्वको अवसरमा स्थानीय बिदा पनि दिएको छ ।

  • धनगढी उप-महानगरले दियो दोस्रो पटक बिदा

धनगढी उप-महानगरपालिकाले आज गौरा पर्वको अवसरमा बिदा दिइएको छ । उप-महानगरपालिकाले गौरा पर्वको अवसरमा भदौ २१ गते बिदा दिएको हो ।

अत्यावश्यक सेवा बाहेक उप-महानगरपालिका कार्यालय एवं अन्तर्गतका सबै कार्यालयहरु र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचनामार्फत जनाइएको छ । उप-महानगरले यसअघि भदौ ७ गते पनि बिदा दिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार