अपाङ्गताको पालिका स्तरीय सञ्जाल गठन

अपाङ्गताको पालिका स्तरीय सञ्जाल गठन

धनगढी : कैलालीमा अपाङ्गताको पालिका स्तरीय सञ्जाल गठन गरिएको छ । दिगो विकास समाज भजिन कैलालीको आयोजना, लुथरन वर्ल्ड फेडेरेसन नेपालको आर्थिक सहयोगमा जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई समेटेर  ११ सदस्यीय अपाङ्गता  सञ्जाल गठन गरिएको हो ।

उक्त सञ्जाल गठन कार्यक्रममा दिगो विकास समाजका टेक्निकल कोडिनेटर नन्दराज भट्ट र कार्यक्रम सहायक वासुदेव चौधरीको सहभागिता रहेको थियो । 

नयाँ गठन गरिएको सञ्जाल सदस्यहरूलाई टेक्निकल कोडिनेटर नन्दराज भट्टले अपाङ्गता अधिकार र राज्य बाट पाउने सेवा सुविधा सम्बन्धमा सहजीकरण गर्नु भएको कार्यक्रममा ३० जना अपाङ्गता भएका युवा  व्यक्तिहरूको सहभागिता रहेको थियो । 

कैलालीको बर्दगोरिया गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको लागि वकालत र स्थानीय श्रोत साधनको सदुपयोग गर्न  अपाङ्गता सम्बन्धी काम गर्ने संस्था नभएकोले स्थानीयले अपाङ्गता सम्बन्धी आवश्यक सल्लाह सुझाव र परामर्श समेत नपाउने र जिल्ला र प्रदेश स्तरमा समन्वय गर्न कुनै संरचना नभएको अवस्थामा अपाङ्गता अभियानलाई उच्च तहमा पुर्‍याउनु र स्थानीय अपाङ्गता भएका नागरिकहरूलाई राज्यको मुलप्रवाहमा ल्याई सेवा सुविधामा पहुँच अभिवृद्धि सहित अपाङ्गता मैत्रीपूर्ण वातावरणको निर्माण गर्दै विभेदरहित समतामूलक समाजको निर्माण गर्ने उद्देश्यले पालिका स्तरीय सञ्जाल गठन गरिएको जानकारी  दिगो विकास समाजका टेक्निकल कोडिनेटर नन्दराज भट्टले जानकारी दिए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार