६ कक्षामा अध्ययनरत हिमान्सीले मनाइन दृष्टि फाउन्डेसनका ६० जना असहायहरू माझ जन्मदिन

६ कक्षामा अध्ययनरत हिमान्शु सिंहले मनाइन दृष्टि फाउन्डेसनका ६० जना असहायहरू माझ जन्मदिन

धनगढी : सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीमा कक्षा ६ मा अध्ययनरत हिमान्सी सिंहले धनगढी १३ स्थित दृष्टि फाउन्डेसनका ६० जना असहायहरू माझ जन्मदिन मनाएकी छन् ।

मङ्गलवार १३औँ जन्मोत्सवको अवसरमा सिंहले दृष्टि फाउन्डेसनमा रहेका ६० जना असहायहरूलाई एक छाक खाना खुवाएर जन्मोत्सव मनाएकी हुन् । 

सानैदेखि सामाजिक कार्यमा रुचि राख्ने हिमान्सी भड्किलो बर्थडे पार्टीभन्दा असहायलाई सहयोग गर्न पाउँदा खुसी हुन्छिन् । 

घरमा कोही माग्न आए पनि उनले केही न केही दिएर पठाउन पाउँदा खुसी हुने र सद्भाव सहित खुसी बाँड्न रुचाउने उनको इच्छालाई मध्यनजर गर्दै यस अघि पनि धनगढीकै आमाको माया छात्रावासमा सिंह परिवारले हिमान्सीको जन्मदिन मनाएका थिए ।

भने त्यो भन्दा पहिलेका जन्मोत्सवमा पनि हरेक जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारका बालबालिकालाई सहयोग गर्दै हिमान्सीको खुसीमा परिवारले साथ दिँदै आएको छ ।

उक्त सत्कर्मका क्रममा दृष्टिफाउण्डेसनमा सहभागी हिमान्सीका बुबा हरेन्द्र बहादुर सिंह, आमा उत्तरा बम सिंह र दाइ हार्दिक सिंहले हिमान्शुको रुचि बाट आफूहरू प्रभावित र निकै खुसी भएको व्यक्त गर्दै उनको खुसीलाई सदैव कदर गर्दै आगामी दिनहरूमा पनि जन्मदिनलाई पश्चिमा करण नगरी, भड्किलो नबनाई, अनावश्यक खर्चलाई जोगाएर सामाजिक कार्यमा योगदान सक्दो गर्ने बताएका छन् ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

80%

खुसी

0%

दुःखी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार