गोदावरी नगरपालिका वडा नं. ६ को कार्यालयले भन्यो राती १० बजेपछि नाचगान नगर्नु/नगराउनु

राती १० बजेपछि नाचगान

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ को कार्यालयले राती १० बजेपछि नाचगान नगर्न आग्रह गरेको छ । वडध्यक्ष जग्गुराम चौधरीले एक सूचना जारी गर्दै राती १० बजे पछि नाचगान नगर्न र नगराउन अनुरोध गरेका हुन ।

सूचनामा राती दिदीवहिनीहरुले नाचगान गर्दा अनैतिक क्रियाकलाप जस्ता घटना घट्न सक्ने भएकाले १० बजेपछि नाचगान नगर्न अनुरोध गरिएको छ ।

‘अवेर राती सम्म तिज तथा आइतवारी पर्व मनाउदा जाड रक्सी खाइ अनैतिक क्रियाकलाप जस्ता घटना घट्ने र घटाउने सम्भावना भएको हुदा त्यस्ता क्रियाकलाप तथा अप्रिय घटना हुन नदिन अवेर राती १० बजे पछि नाचगान नगर्न र नगराउन हुन सबै दिदिबहिनीहरुमा अनुरोध गरिन्छ’ सूचनामा भनीएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार