मदनकृष्ण श्रेष्ठको मोतिविन्दुको शल्यक्रिया प्रतिष्ठानमै उत्पादित लेन्सको प्रयोग

मदनकृष्ण श्रेष्ठको मोतिविन्दुको शल्यक्रिया प्रतिष्ठानमै उत्पादित लेन्सको प्रयोग

काठमाडौँ : वरिष्ठ नेपाली हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया सफल भएको छ । कलाकार श्रेष्ठको सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा देब्रे आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।

अस्पतालकी कार्यकारी निर्देशक डा.रीता गुरुङले श्रेष्ठको देब्रे आँखाका मोतिविन्दुको शल्यक्रिया गरिएको हो । तीन महिना अघि श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो ।

उनले कलाकार श्रेष्ठको शल्यक्रिया गर्दा आँखामा प्रतिष्ठानमा नै उत्पादित इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको छ ।

आँखा प्रतिष्ठानकी जनसम्पर्क अधिकृत सोनु केसीले कलाकार श्रेष्ठको उपचारमा डा सन्दुक रुइत, डा रीता गुरुङ डा गोविन्द पौड्याल सहितको समूहले शल्यक्रिया गरेको जानकारी दिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार