स्वस्तिक अस्पताल धनगढीमा उपचार गराउँदा माछापुच्छ्रे बैङ्कका सम्पूर्ण ग्राहकहरूले छुट पाउने

स्वस्तिक अस्पताल धनगढीमा उपचार गराउँदा माछापुच्छ्रे बैङ्कका सम्पूर्ण ग्राहकहरूले छुट पाउने

धनगढी : धनगढीको सहिद गेटमा रहेकाे स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. (स्वस्तिक अस्पताल)मा उपचार गराउने माछापुच्छ्रे बैङ्क लिमिटेडका सम्पूर्ण ग्राहकहरूले उपचार सेवामा छुट पाउने भएका छन् । बिहीबार स्वस्तिक अस्पताल र माछापुच्छ्रे बैङ्क बिच उपचार सेवामा छुट दिने गरी सम्झौता भए सँगै अस्पतालले उक्त  सेवा प्रदान गर्ने भएको हो । 

सम्झौता पत्रमा स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. का तर्फबाट अध्यक्ष महेशराज जोशी र माछापुच्छ्रे बैङ्कका तर्फबाट बैङ्कको धनगढी शाखाका (सहायक)  नरेश भण्डारीले हस्ताक्षर गर्नु भएको छ । यो सम्झौता सँगै स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलले माछापुच्छ्रे बैङ्क लिमिटेडमा खाता भएका बैङ्कका सम्पूर्ण ग्राहक वर्गहरू (एटिएम, डेबिट तथा क्रेडिट कार्ड) प्रयोग कर्ता सबै व्यक्तिहरूलाई जुनसुकै प्रकारको अपरेसनमा १० देखी १५ प्रतिशत छुट, डाईग्नोष्टिकमा १५ प्रतिशत छुट, ल्याब, एक्स-रे, ईसिजी, युएसजी, इको, टिएमटी, एबीपी, हल्टर, फिजियोथेरापी, बेड चार्जमा पनि १५ प्रतिशत छुट र सबै प्रकारका औषधीहरूमा ५ प्रतिशत छुट सेवा प्रदान गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । 

यस्तै, सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्वास्थ्य उपचार गर्दा विभिन्न छुट सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै माछापुच्छ्रे बैङ्क लिमिटेडका प्रतिनिधि भण्डारीले माछापुच्छ्रे बैङ्कमा खाता भएका कुनै पनि सेवाग्राहीले स्वास्थ्य उपचार गराउँदा स्वस्तिक अस्पतालमै उपचार गर्न र छुट सेवा प्राप्त गर्न आग्रह गर्दै हस्पीटालिटी सेवामा सहकार्य गरेकोमा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । 

त्यस्तै, अस्पतालका अध्यक्ष जोशीले उच्चतम प्रविधि उच्च विशेषज्ञ तथा विशेषज्ञहरू द्वारा उपचार गराउन आउने हरेक व्यक्तिलाई सस्तो सुलभ उपचार सेवा प्रदान गरिरहेको बताउँदै माछापुच्छ्रे बैङ्कका सेवा सेवाग्राहीहरूलाई पनि बैङ्कको सेवाग्राही भएको परिचय खुल्ने कागज पत्र बोकी उपचार गराउन आए उल्लेखित छुट सेवाहरू प्रदान गर्न तयार रहेको बताउनु भयो । 

यसका साथै, स्वस्तिक अस्पताल धनगढीले अस्पतालमा हुने सबै खाले उपचार गराउँदा मौसमको अवस्थाको आधारमा चिसो तातो (एसी) जडित संरचना, आवश्यकताको आधारमा आरामदायी क्याबिनबाट सेवाहरू प्रदान गर्दै आएको छ । भने सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी ३ ओटा बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र सात हजार पाँच सय रुपैयाँमा होलबडी चेकजाँच सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार