अमेरिका पुगे प्रधानमन्त्री प्रचण्ड

अमेरिका पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुगेका छन् । उनी आइतबार अमेरिका पुगेका हुन् । 

अमेरिकाको न्यूयोर्कस्थित विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका छन् । 

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिनका लागि उनी शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनी अमेरिकाबाटै असोज ५ गते चीन जानेछन् । चीन भ्रमणको तालिका असोज ६ देखि १३ गतेसम्म छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार