SKIP THIS

धनगढी उप-महानगरपालिका

दाहसंस्कार खर्चबापत धनगढी वासीलाई ५ हजार रुपैयाँ, शव वाहन र एम्बुलेन्स सेवा पनि निःशुल्क

धनगढी उप-महानगरपालिका

कैलाली : धनगढी उप-महानगरपालिकाले नगरवासीलाई दाहसंस्कार खर्चबापत ५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था देखेपछि उपमहानगरले दाहसंस्कार खर्च स्वरूप घरमै गएर ५ हजार सहयोग गर्ने निर्णय गरेको मेयर गोपाल हमालले बताए । 

नगर कार्यपालिकाको आईतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई ५ हजार सहयोग गर्ने निर्णय गरेको मेयर हमालले जानकारी दिए ।

उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा आज सोमबार आयोजित कार्यक्रममा उनले अन्तिम संस्कारका लागि शवबाहन र बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स सेवा समेत निःशुल्क प्रदान गरिएकोे बताए । सेवाग्राहीले नगर प्रहरीबाटै शवबाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको मेयर हमालले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार