संविधान दिवस : के को खुसी हँ ?

संविधान दिवस : के को खुसी हँ ?

जिन्दावाद जिन्दावाद
मलाई पनि चिच्याउन मन छ
संविधान जिन्दावाद
तर के को लागि खुसी हुने
एउटा स्थिर प्रणालीको स्थापना भयो
प्रणाली बाहेक अरू के स्थिर रहन सक्यो ?
देश भताभुङ्ग हुँदा पनि न्यायको किताब
किताब मात्र भएर रहिरह्यो
खुकुरीको धार हुन पर्थ्यो
भ्रष्टाचारीको लागि तरवार हुन पर्थ्यो
के को लागि खुशी हुने?
सगरमाथाको देश ,अपि र राराको देश
खप्तडको देश ,उग्रतारा देश
मेची महाकाली नेपाली साराको देश
आज विश्वसामु हाम्रो अस्मिता जोखिममा हुँदा
ती विधानका धाराहरूले के गरे
न्यायका राख्वलाहरुले के गरे?
खबरदारीको औंला उठाउन सक्नु पर्थ्यो
देश बेच्ने गिद्धहरुको अभिमान टुटाउन सक्नु पर्थ्यो
के को लागि खुशी हुने?
लाखौं कर्णधारहरु खाडीमा
गरीब देशको चौकीदार करोडौंको गाडीमा
अझैं कति चेलीहरु निर्मला बन्ने
तुईन काटेर बेपत्ता पारिदा अन्याय भयो भन्ने की नभन्ने
खेतमा हुनुपर्ने किसान किन रोडमा छ
देश कुन स्थितिमा छ भविष्य कुन मोडमा छ
संविधानको हरेक पानाले उत्तर दिन सक्नु पर्छ
चन्द्र सूर्यलाई साक्षी राखी न्याय दिन सक्नु पर्छ
होइन भने,
एउटा पुस्तक स्थापना भएकोमा के खुसी मनाउनु
तर होस्,
मेरो देशले विधान पाएको दिन
रमाउनुस् यो संविधान आएको दिन!

  • लेखक : पुष्पा पाण्डेय

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार