दुधे बालकलाई उखुबारीमा बाँधेर आमा फरार

दुधे बालकलाई उखुबारीमा बाँधेर आमा फरार

कैलाली : कञ्चनपुरमा एक आमाले आफ्नै सन्तानलाई उखुबारीमा बाँधेर फरार भएकी छन् । पुर्नवास नगरपालिका वडा नम्बर २ कि शर्मिला चौधरीले एक वर्ष पनि नपुगेको छोरालाई उखुबारीमा बाँधेर फरार भएकी हुन् ।

बिहीबार साँझ आफूसँग आफ्नो सन्तानलाई पनि लिएर उनी माइत घरबाट हिँडेकी थिइन् । परिवारका सदस्यहरूको भनाइ अनुसार उनी श्रीमानकाे घर जाने भन्दै त्यहाँबाट निस्किएकी हुन् । तर, उनका आमा बुवालाई पनि बच्चाको बुवा के हुन् भन्ने बारे अझै जानकारी छैन ।

केही समय सेती प्रादेशिक अस्पताल धनगढीमा उनले बच्चा जन्माएकी हुन् । त्यही बेला पनि शिशु छोड्नको खोजेको तर, प्रहरीको सहयोगमा उनलाई घर लगिएको स्थानीयले बताएका छन् ।

बिहीबार घरबाट निस्किएकी शर्मिलाले बेरौरी नगरपालिका वडा नम्बर ७ सिमपुरमा लगेर बच्चा बाँधेर आफू फरार भएकी थिइन् । आफ्नो सलले छोराको एउटा हात उखुको एउटा रुखमा र खुट्टा अर्को रुखमा बाधेको अवस्थामा स्थानीयले फोला परेका हुन् ।

‘बच्चा रोइरहेको थियो । हात खुट्टा बाँधेर आमा फरार भइन्’ पुर्नवास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डम्मर बहादुर थापाले भने ‘अहिलेसम्म आमाको मोबाइलमा सम्पर्क हुन सकेको छैन । ’

स्थानीयको अनुसार शिशु भेटिएको केही समयपछि शर्मिलालाई फोन गरिएको र उनले आफू डडेल्धुरामा रहेको बताएकी थिइन् । त्यसपछि शिशुको बारेमा कुरा गर्दा उनले मोबाइल अफ गरेको वडाध्यक्ष थापाले जानकारी दिए ।

स्थानीयले दुधेबालकलाई उखुबारीमा बाधेको अवस्थामा देखेपछि प्रहरीलाई सम्पर्क गरेका थिए । उखुबारीमा शिशु फेला परेपछि उनलाई श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परिक्षण गरिएको थियो । अहिले प्रहरीले उक्त बालकलाई हजुरआमाको जिम्मा लगाइसकेको छ ।

‘बच्चा भिजेको थियो । रोइरहेको थियो ’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले भने, ‘अहिले बच्चाको अवस्था ठिक छ हामीले हजुरआमालाई जिम्मा लगाएका छौँ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार