एक्सिसका विद्यार्थीलाई लागुऔषध विरुद्धको प्रशिक्षण

एक्सिसका विद्यार्थीलाई लागुऔषध विरुद्धको प्रशिक्षण

धनगढी : कैलालीस्थित धनगढीमा रहेको एक्सिसका विद्यार्थीलाई लागुऔषध विरुद्धको प्रशिक्षण दिइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा रहेको एक्सिसका कक्षा ११ र १२ का विद्यार्थीलाई लागुऔषधको विरुद्धमा प्रशिक्षण दिइएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीले सात सय विद्यार्थीलाई लागुऔषधको प्रयोगका कारण हुन नोक्सानीका बारेमा प्रशिक्षण दिइएको छ।

प्रहरी उपरीक्षक श्याम चौधरीले चार दिनसम्म विद्यार्थीलाई लागुऔषध प्रयोगका कारण हुने क्षतिका कारेमा प्रशिक्षण दिएका थिए। प्रहरी र विद्यार्थीका बिचमा भएको उक्त कार्यक्रमको प्रभाव राम्रो हुने एक्सिसले बताएको छ।

सुदूरपश्चिममा प्रहरीले लागुऔषधको विरुद्धमा महाअभियान सञ्चालन गरेको छ। कैलाली र कञ्चनपुरसहित प्रदेशका जिल्लाहरुमा लागुऔषधको कारोबार र प्रयोग बढ्दै गएका बेला प्रहरीले अभियान थालेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार