अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख बस्नेतको जिम्मेवारी खोसियो

अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख बस्नेतको जिम्मेवारी खोसियो

काठमाडौं : झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ ।

‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशन अनुसार बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले बताए ।

‘घटना समाजिक सञ्जालमा आएको देखिएको छ, त्यो घटना के हो भन्ने पनि थाहा छैन,’ उनले भने, ‘तर, नैतिक प्रश्न उठेकाले स्पष्टीकरण सोधेका हौं ।’

घटना कार्यालय, कार्यालय समयमा नभएको भन्दै उनले कहाँ कहिले घटना भएको हो भन्ने पनि स्पष्ट नभएको बताए ।

उनले सिनियर अहेब समेत रहेका न्यौपानेसँग देखिएकी युवती को हुन् भन्ने पनि जानकारी नभएको बताए । ‘यदि कार्यालयकै कर्मचारी रहेछन् भने सम्बन्धितलाई पनि कारबाही हुन्छ,’ उनले भने ।

उनले स्पष्टीकरण चित्त बुझ्दो नआए विभागीय कारबाहीका लागि सिफारिस गरिने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार