एमनेष्टी इन्टरनेशनल नेपाल शाखा समुह नं. ४४ धनगढीको संयोजकमा ओम प्रकाश

एमनेष्टी इन्टरनेशनल नेपाल शाखा समुह नं. ४४ धनगढीको संयोजकमा ओम प्रकाश

एमनेष्टी इन्टरनेशनल नेपाल शाखा अन्तर्गतको समुह नं. ४४ धनगढीको कार्यसमितिको संयोजकमा ओम प्रकाश पाण्डेय चयन भएका छन । आइतबार आयोजित एमनेष्टी नेपाल समुह नं.४४ पाँचौं साधारण सभा तथा अधिवेशनले पाण्डेयलाई समितिको संयोजक चयन गरेको हो ।

साधारण सभाले पाण्डेयको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको सह संयोजकमा प्रेम राज भट्ट , सचिवमा लक्ष्मी राज ओझा कोषाध्यक्षमा अम्बिका दहाल र सहसचिवमा राजेन्द्र रैका चयन भएका छन । यस्तै कार्यसमितिको सदस्यहरुमा मोहन भण्डारी, मन्जु कॅुवर, विवेकानन्द ठाकुर र ईश्वरी जोरा चयन भएका छन् ।

ए.आई. नेपाल समूह-४४ का संयोजक ज्ञानेन्द्र बहादुर शाहको सभापतित्वमा आयोजित साधारण सभाका प्रमुख अतिथि एमनेष्टी इन्टरनेशनल नेपाल नेशनल बोर्डका अध्यक्ष विपिन बुढाथोकी रहेका थिए भने विशिष्ठ अतिथिमा ऐश्वर्य विद्या निकेतनका सहप्राचार्य संजय पन्त रहेका थिए । साधारण सभामा विभिन्न प्रस्तावहरुमाथी छलफल गरि पारित गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार