ट्राफिक जरिवानाको भुक्तानी अब ई-सेवाबाटै

ट्राफिक जरिवानाको भुक्तानी अब ई-सेवाबाटै

धनगढीः ट्राफिक जरिवानाको भुक्तानी अब ई सेवाबाटै तिर्न सकिने भएको छ । सुदूरपश्चिम  प्रदेशका डोटी, कैलाली र कञ्चनपुर जिल्लाहरूबाट जारी भएका ट्राफिक जरिवानाको भुक्तानी अब ई सेवा एपबाट सजिलै तिर्न मिल्ने भएको हो । 

  • कसरी तिर्ने ट्राफिक जरिवाना ?

ई-सेवा एपभित्र रहेको Govt. Payment मा गएर Traffic Police Fine Payment भन्ने अप्सन छान्ने, ड्रपडाउन मा आर्थिक बर्ष, प्रदेश र जिल्ला छान्ने र अन्त्यमा आफ्नो चिट नम्बर राखेर भुक्तानी सम्पन्न गर्न सकिनेछ ।

हाल ई सेवाको सेवा एन्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ७५ लाख बढी ग्राहकले सेवा लिइरहेका छन् । देशभर रहेका २ लाख १५ हजार भन्दा बढी एजेन्ट (ई सेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रूपमा करिब डेढ करोड जनसङ्ख्याले सेवा लिइरहेका छन् ।

नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा पुर्‍याउने क्रममा हाल ई सेवाबाट आन्तरिक राजश्व कार्यालय, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, राहदानी , कन्सुलर सेवा विभाग लगायत अन्य विविध राजश्व रकम भुक्तानी गर्न मिल्ने व्यवस्था छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार