बझाङका १२ वटै स्थानीय तहका भूकम्पपीडितका लागि राहत सामग्री पठाउने तयारी

मङ्गलवार दिउँसोको भूकम्पले सुदूरपश्चिममा कहाँ के भयो ?
भूकम्पले क्षेती पुर्‍याएका घर र विद्यालय

बझाङ । जिल्ला विपत् व्यवस्थापन समितिले बझाङका १२ वटै स्थानीय तहका भूकम्पपीडितका लागि विभिन्न निकायबाट उपलब्ध भएको राहत सामग्री गाउँ गाउँ पठाउने तयारी गरेको छ । 

जिल्ला सदरमुकाम चैनपुरस्थित जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपत् समितिको बैठक बसेर सबै पालिकामा क्षतिको आधारमा राहत पठाउने निर्णय गरेको जनाइएको छ । प्रशासन कार्यालयले स्थानीय तहमा राहत पठाउन सुरु गरेको हो । 

केन्द्रीय विपत् व्यवस्थापन समिति, प्रदेश विपत् व्यवस्थापन समिति र दातृ निकायबाट प्राप्त भएका राहत सामग्री पालिकालाई नै हस्तान्तरण गरिएको छ । जिल्लाका पाँच वटा पालिकालाई आवश्यक राहत सामग्री वितरण गरिएको छ । 

बाँकी पालिकालाई समेत समन्वय गरी राहत उपलब्ध गराउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए। भूकम्प आएको पाँच दिनसम्म पनि राहत पाउन नसकेको गुनासो स्थानीयको छ । 

पालिकाले क्षतिको विवरण नपठाएका कारण राहत वितरणमा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। आफूले सबै पालिकालाई विवरण तयार गरी पठाउन अनुरोध गरेको जानकारी उनले दिए । 

पालिकाको ढिलाइका कारण राहत उपलब्ध गराउने कुरामा अन्योल भएको भनाइ उनको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार