नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीरिंग कलेजकाे ओरिन्टेसन कार्यक्रमका सम्पन्न

नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीरिंग कलेजकाे ओरिन्टेसन कार्यक्रमका सम्पन्न

धनगढी : पोखरा विश्व बिद्यालयद्वारा सम्बन्धन प्राप्त नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीयरिंग कलेजले ब्याचलर तहमा यसै शैक्षिक सत्रको चौधौ ब्याच अन्तर्गत बि.बि.ए.बि.आई. तथा बि.एच.एम. कार्यक्रममा भर्ना भएका बिध्यार्थिहरुका लागि बर्दिया ठाकुरद्वार स्थित एक रिसोर्टमा असोज १९ र २० गते २ दिने ओरिन्टेसन कार्यक्रमका सम्पन्न गरेकोछ । कार्यक्रम कलेजका संस्थापक तथा डाइरेक्टर शैलेस कुमार सिंहको सभापतित्वमा सम्पन्न भएकाे हाे ।

कलेजका शिक्षक गोकर्ण जोशीले सन्चालन गरेको उक्त कार्यक्रममा एकेडेमीक डाइरेक्टर, प्रोग्राम एच.ओ.डी, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य दिदै प्राध्यापक धर्मराज उपाध्यायले विधार्थीहरुका अभिभावकको सपना पुरा गर्न जिम्मेवारी पुर्वक अध्यापनलाई अगाडी बढाउने र आजको बजारको माग अनुसारको दक्ष जनशक्ति तयार पार्न कलेज लागिपरेको धारणा व्यक्त गरे ।
यस्तै, कार्यक्रमका सभापति तथा कलेजका डाइरेक्टर शैलेस कुमार सिंहले यस शैक्षिक सत्रमा पोखरा बिश्व बिद्यालय अन्तर्गत अधिराज्य भरिमै ब्याचलर तहमा पहिलो ओरिन्टेसन कार्यक्रम आफ्नो कलेजले सम्पन्न गर्न पाउदा खुशी ब्यक्त गर्दै नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीरिंग कलेजललाई पहिलो रोजाई बनाई यस कलेजमा बिध्यार्थीहरुलाई स्वागत गर्दै सबैमा धन्यबाद ब्यक्त गरे । मन्तब्यकै क्रममा सिंहले बिद्यार्थीको चाहना अनुसार समय सुहाउंदो सिकाइ प्रणाली अवलम्बन गर्ने, हरेक बिधार्थीलाई नेतृत्वदायी भूमिकामा पुग्न सक्षम बनाउने साथै स्किल डेभलपमेन्ट हुने खालका अतिरिक्त क्रियाकलाप सन्चालनमा बढी जोड दिने भएकोले ढुक्क भएर आ-आफ्नो पठनपाठनमा लाग्न विद्यार्थीहरु समक्ष अनुरोध गरे ।

यसका साथै, बि.एच.एम, बि.बि.ए. र बि.आई कार्यक्रममा पढाई हुने यस क्षेत्रकै पहिलो र एकमात्र यस कलेजले हरेक बर्ष यसरी नै ओरिन्टेसन कार्यक्रम आयोजना गर्दै आइरहेकोछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार