नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजको यस पटक पनि उत्कृष्ट नतिजा

नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड ईन्जिनियरिंग कलेजको यस पटक पनि उत्कृष्ट नतिजा

पोखरा विश्व बिद्यालय द्वारा संचालित २०२२ स्प्रिंङ्ग परीक्षाको नतिजामा नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनीरिंग कलेजले यस पटक पनि उत्कृस्ट नतिजामा दिन सफल भएको छ । सो परीक्षाकोहालै प्रकाशित नतिजामा बि.बि.ए.बि.आई. आठौ सेमेस्टरमा कुल सम्मिलित ४३ जना मध्धे ४२ जना बिद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् ।

उक्त नतिजामा श्री आकृति थापाले ४ मा ४.०० जी पी ए ल्याई विश्व बिद्यालयमै टप नतिजा दिन सफल भएकी छिन् भने १५ जना बिद्यार्थीहरुले डीस्टिङ्गसन नतिजा ल्याएका छन् | बिगतका नतिजाहरुमा भन्दा केहि बर्ष यता लगातार नतिजामा राम्रो सुधार आएको कलेजका एकेडेमिक डाइरेक्टर भीमबहादुर चौधरी बताए ।

ब्यबस्थापनमा नयाँ परिवर्तन भए सँगै कलेज सन्चालनको शैलीमा पनि ब्यापक परिवर्तन भएको र क्रमशः सुधारका योजना बनाउदै निरन्तर लागिपरेका कारण आज बिश्व बिद्यालयबाट प्रकाशित नतिजामा देशमै उत्कृस्ट कलेजको सूचिमा यस कलेजलाई पार्न सफल भएको कलेज सन्चालक शैलेश कुमार सिंह भनाइ छ ।

बि.एच.एम. र बि.बि.ए-बि.आई कार्यक्रममा पढाई हुने यस क्षेत्रकै पहिलो र एकमात्र  यस कलेजमा पोखरा विश्व बिद्यालयले लिने बोर्ड परीक्षाको नतिजामा पटक-पटक उत्कृष्ट नतिजा दिदै आइरहेकोलेकरिब १४ बर्ष अगाडी स्थापना भएको यो काले आजका मितिमा आइपुग्दा बि.एच.एम. र बि.बि.ए.बि.आई. कार्यक्रम पढन चाहने विद्यार्थीको  पहिलो रोजाई भित्र पर्न गएको कलेज सन्चालक सिंहले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार