नेपाल वेस्टर्न कलेजद्धारा धनगढीमा विद्यार्थीलाई  व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण

शुक्रवार धनगढीमा नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजले विद्यार्थीलाई  व्यक्तित्व विकास सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

धनगढी  : शुक्रवार धनगढीमा नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजले विद्यार्थीलाई  व्यक्तित्व विकास सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूलाई व्यक्तित्व विकासका साथै प्रस्तुतीकरण, दैनिकी लेखन, अन्तर्वार्ताका विधि, आत्मनिर्भर जस्ता विषयमा प्रशिक्षण दिइएको हो ।

दुई दिने प्रशिक्षण प्रमुख गौर किशोर देले प्रशिक्षण दिएका थिए । त्यस्तै कार्यक्रममा कान्तिपुर म्यानेजमेन्टका जर्नल म्यानेजर मृत्युञ्जय कुमार समेतको उपस्थिति रहेको थियो ।

विद्यार्थी र शिक्षकको सहभागितामा उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको नेपाल वेस्टर्न कलेजका शैक्षिक प्रबन्धक भीम चौधरीले जानकारी दिए ।  आउँदो दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रबन्धक चौधरीको भनाइ रहेको छ ।

नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजले विभिन्न समयमा मिनी म्याराथन, शान्ति र्‍याली, रक्तदान कार्यक्रम लगायतका अन्य सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार