एमाले सुदूरपश्चिमको नेतृत्व सर्वसम्मत चयन

एमाले सुदूरपश्चिम अधिवेशन

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व सर्वसम्मत चयन भएको छ । अधिवेशन उद्घाटन भएको पाँचौँ दिन अध्यक्षका प्रत्यासी भरत साउदले उम्मेदवारी फिर्ता लिएसँगै अछामका कृष्णप्रसाद जैशी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

लामो रस्साकस्सीपछि अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही सर्वसम्मत भएका छन् भने सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिवमा कञ्चनपुरका नरबहादुर विक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।

नेताहरुको लामो प्रयासपछि सहमति जुटेको हो । आज बिहान उपसचिव पदमा विक र विष्टलाई दिने सहमतिसँगै अध्यक्षका प्रत्यासी साउदले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

अध्यक्षमा सर्वसम्मत भएका जैसी सुदूरपश्चिममा स्थापित नाम हो । २०५८ सालमा अछाम सदरमुकाम माओवादीले आक्रमण गरेर ध्वस्त पारेपछि उनले जिल्ला विकास समितिको सभापतिको हैसियतले पुन:निर्माणको काम गरेका थिए ।

शिक्षण पेशा छोडेर राजनीतिमा आएका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ। उनले अहिलेका एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसँग तत्कालीन प्ररायु संघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका थिए । एमाले अध्यक्ष ओली त्यतिबेला प्ररायु संघको केन्द्रीय अध्यक्ष थिए ।

२०५४ सालको स्थानीय चुनावमा जिविस सभापति भएका जैसी बीचमा स्थानीय तहको चुनाव नभएकोले १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्बद्ध एसिया प्यासेफिकको सहअध्यक्ष भएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार