पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सार्वजनिक गरिन् आफ्नो प्रेमी

काठमाडौं : पूर्वमिस नेपाल श्रृंखला खतिवडाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राम मार्फत कान्तिपुर मिडिया ग्रुपका डाइरेक्टर सम्भव सिरोहियासँग प्रेममा रहेको सार्वजनिक गरेकी छिन् ।

इन्स्टाग्राममा आइतबार बेलुका सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् ।

आफूहरु प्रेममा रहेको जानकारी दिँदै श्रृंखला लेख्छिन्- नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेस-रोमान्टिक हो । हामी दुबै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको छ । तर, यो हामीले भन्नैपर्ने समय हो ।

’‘म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा म खुशि छु’ श्रृंखला लेख्छिन्, ‘गतवर्ष यस्तो गर्न निकै मुस्किल भएको थियो ।’ उनले सम्भवको प्रशंसामा काव्यिक शब्द खर्चिएकी छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार