आफूले राखेको अभिव्यक्ति विवादमा तानिएपछि अभिनेत्री उषा रजकले राजेश हमालसँग मागीन माफी

आफूले राखेको अभिव्यक्ति विवादमा तानिएपछि अभिनेत्री उषा रजकले राजेश हमालसँग मागीन माफी

काठमाडौँ : आफूले राखेको अभिव्यक्ति विवादमा तानिएपछि अभिनेत्री उषा रजकले अभिनेता राजेश हमालसँग माफी मागेकी छन् । उनले हमालको बारेमा दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि माफी मागेकी हुन् ।

केही दिनअगाडि उषाले उषाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’ मा राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेर आलोचना गरेकी थिइन् ।

हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै उनले अभिव्यक्ति समेत राखेकी थिइन् ।अहिले भने उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै हमालसँग माफी मागेकी हुन् ।

उनले लेखेकी छन्, ‘म, उषा रजक, हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु । मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन । उहाँको बौद्धिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान् कार्य र योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ । तर मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरू डिजिटल तारहरू बिच कहीँ कतै हराए अरू कसैलाई दोष नदिई, कुनै बहाना नबनाउँदै म मनदेखि माफी माग्दछु । आखिर शब्द मेरै हुन् । मैले भनेको कुराको लागि म आफै माफी माग्दछु ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार