फेसबुक र टिकटक जस्तै नेपालमा पनि भिडियो सेयरिङ प्लेटफर्म स्मार्ट गफ शुभारम्भ

फेसबुक र टिकटक जस्तै नेपालमा पनि भिडियाे सेयरिङ प्लेटफर्म स्मार्ट गफ शुभरम्भ

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म स्मार्ट गफ (सामाजिक सञ्जाल) सुरुवात भएको छ । विश्वमा फेसवुक, इन्स्टाग्रामा टिकटक जस्मा फिचरहरुले तहल्का मच्चाई रहेको बेला नेपाली माहौल सुहाउँदो हुने गरी नेपालीले नेपालमै नयाँ सामाजिक सञ्जालको शुरुवात गरेको छ।

राजधानीमा एक भव्य फेसनमय साँगीतिक कार्यक्रमका वीच औपचारिक रुपमा शुभारम्भ गरिएको छ । उक्त एपका सिईओ रमेश शाही, प्रबन्ध निर्देशक प्रमिला सिलवालको उपस्थितिमा वरिष्ठ हाँस्य अभिनेता मदन कृष्ण श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व आइजिपि सर्वेन्द्र खनालले संयुक्त लन्च गरेका थिए ।

स्मार्ट गफको जिंगल पनि सोही कार्यक्रममा प्रस्तुत गरिएको थियो । लन्चिङ कार्यक्रम पश्चात् सोही स्मार्ट गफको प्रयोजनका केन्द्रित रहेर थालनी गरिएको मोडल सुपरस्टार नामक मोडल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा संचालन गरिएको थियो । प्रोमोटिङ सोलुसनको ब्यानरमा प्रस्तुत गरिएको उक्त प्रतियोगितामा २९ जना युवतीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको अन्तमा सुष्मि खतिवडाले मोडल सुपरस्टारको ताज पहिरिन सफल भइन् भने उनले मल्टिमिडिया विधाको अवार्ड पनि प्राप्त गरिन् । प्रतियोगितामा पपुलर च्वाइस विधामा विजेता बनिन् अस्मिता बैंजु । फस्ट रनर अप मन्जु खड्का छनौट भइन् भने माही श्रीवास्तवले सेकेन्ड रनर अपको ताज पहिरन् ।

कार्यक्रममा गायकहरु आनन्द कार्की, कमल खत्री, विनोद ढकाल, गायिका मेलिना मैनालीले आ आफ्नो चर्चित गीतहरु सुनाएर कार्यक्रमलाई साँगीतिक माहौल प्रदान गरेका थिए भने अभिनेता किरण के.सी. र गायक यमन श्रेष्ठले आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।

आजको परिवेशमा सामाजिक सञ्जाल व्यक्तिको दैनिकीको महत्वपूर्ण पाटो बन्न थालेको छ, यसबाट उसलाई व्यक्तिगत र व्यवसायिक लाभ पनि प्राप्त हुने भएकाले यसतर्फको झुकाव बढ्दो छ ।

डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://play.google.com/store/apps/details?id=com.smartguff.app

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार