बझाङका भूकम्प प्रभावितका लागि निःशुल्क टहरा निर्माण अभियान सुरु

बझाङका भूकम्प प्रभावितका लागि निःशुल्क टहरा निर्माण अभियान सुरुबझाङका भूकम्प प्रभावितका लागि निःशुल्क टहरा निर्माण अभियान सुरु

बझाङ : तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडीले बझाङमा भूकम्प प्रभावित विपन्न समुदायका परिवारका लागि निःशुल्क टहरो निर्माण अभियान सुरु गर्नु भयको छ ।

विभिन्न क्षेत्रका व्यक्तिहरू सँग सहयोग आह्वान गरेर भूकम्पले घर भत्काएका विशेष गरी एकल महिला,वेसाहारा तथा दलित समुदायका टिनको टहरा निर्माण अभियान सुरु गरिएको अभियन्ता तथा तरुण दलका केन्द्रीय सदस्य ऐडीले बताउनु भयो ।

उहाँले भन्नुभयो -“पहिलो चरणमा एकल महिला,वेसाहारा तथा दलित समुदायका विपन्न परिवारलाई लक्षित गरेर टहरा निर्माण गर्ने अभियान सुरु गरेका छौ । पीडितहरूले जानकारी गराएमा सुरुमा उहाहरुको घरमा गएर हेर्छौ र घरमा बस्न नसकिने अवस्था भय उपलब्ध भयका ठाउँमा टहरा बनाइदिने छौ ।”

टहरा बनाउनका लागि १०-१२ जना युवाहरूको टोलीले निःशुल्क रूपमा काम गरिरहेको बताउँदै ऐडीले सम्बन्धित घर धनीले काठको व्यवस्था गर्न सके टहरा निर्माण छिटो गर्न सकिने र त्यो अवस्था नभए आफैले पनि विभिन्न ठाउँबाट काठ खोजेर निःशुल्क रूपमा टिनका टहरा निर्माण गरिन लागेको बताउनु भयो । 

एक टहरामा कम्तीमा २५ वटा टिन र प्लाई लगाउने गरेको उहाँको भनाई छ । हाल सम्म ७ जना विपन्न समुदायका महिला सम्पर्कमा आएको र उहाहरुको घर पहिलो चरणमा निर्माण गर्ने लक्ष लिइएको छ । भने जिल्लाका अन्य ठाउँबाट पनि आवश्यक माग तथा जानकारी आएमा जिल्लाका सबै ठाउँमा गएर पनि निःशुल्क टहरा निर्माण अभियानमा जोड दिइने उहाँको भनाई छ । “विभिन्न क्षेत्रका व्यक्तिले अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।बढी समस्या भयका व्यक्ति तथा परिवारलाई लक्षित गरेर यो अभियानलाई अव तीव्रता दिन्छौ” ऐडीले भन्नु भयो ।

यसै बिच बिहीबार बझाङको मस्टा गाउँपालिका १ डुङ्ग्रीमा वेसाहारा  महिलाका  २ घर निर्माण गरिएका छन् ।डुङ्गरीकी वेसाहारा वृद्धा महिला  झाउरी देवी खड्का, सोही ठाउँकी चाखुणी रोकायाको टहरो निर्माण गरिएको हो । असोज १६ गते आएको भूकम्पले उनीहरूको घर पुरै भत्किएर बस्न नमिल्ने भएपछि राहत स्वरूप टिनको टहरा निर्माण गरिएको हो ।

टहरा निर्माण पछि खुसी हुँदै चाखुणी रोकायाले भन्नु भयो -“भत्केको घरमा बस्दा ३ केटाकेटी र आफूलाई बस्न डर लागि रहेको थियो ,अव उहाहरुले घर बनाई दिनुभयो अव केही सहज महसुस गरेका छौ ।”

ऐडिले भोली सुवेडामा एक वेसाहारा वालकको घर तथा पर्सी छविसपाथीभेरा गाउँपालिकाको बगडगाउमा एकल महिलाको घर निर्माण गर्ने लक्ष रहेको बताउनु भयो । यस भन्दा अघि ऐडीको संयोजकत्वमा  इजरायलमा मृत्यु भयका  जनपा ११ भोपुरका गणेश नेपालीको घर पनि मर्मत गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार