कात्तिक १७ र १८ गते राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुने

भिटामिन ‘ए’

काठमाडौँ : यही कात्तिक १७ र १८ गते राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रमको निर्धारित समय (कात्तिक २ र ३ गते) भएपनि दसैं पर्न गएकाले मिति सारिएको हो ।

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरूलाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

भिटामिन ए र जुकाको औषधि खुवाउन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत सहजीकरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार