दशैंमा कस्तो मासु खाने ?

जनस्वास्थ्य

सबैभन्दा बढी मासु र मासुजन्य बस्तुको प्रयोग गरिने पर्व हो दशैं । दशैंमा खासगरी खसीबोका, राँगा, पाडा, पंक्षीजन्य कुखुरा, हाँस, परेवालगायतको मासु प्रयोग हुन्छ ।

तर मासुजन्य बस्तु खाँदा रोगी मासुजन्य परे गम्भीर प्रकृतिको रोग लाग्नसक्ने पशु चित्किसहरूले सचेत गराएका छन् । बिरामी पशुको मासुबाट मानिसमा सर्ने रोग र मानिसबाट पनि पशुमा सर्ने रोग ‘जुनोटिक’ रो चाडपर्वको बेलामा सर्ने संभावना बढी रहेको विज्ञहरुको भनाइ छ ।

पशु रोग अन्वेशषण प्रयोगशाला नवलरासीका प्रमुख पशु चिकित्सक डा. भरत काफ्लेका अनुसार मासुको सेवन गर्दा राम्रोसँग पकाएर खानुपर्ने, रोगी पशु चौपाय पहिला नै पहिचान गरेर मात्रै सेवन गर्नुपर्ने बताउँछन् । उनले पशुपंक्षीमा देखिने रोग मानिसमा सरेमा यसले गम्भीर समस्या ल्याउनसक्ने भन्दै यसमा समयमा नै सचेतना आवश्यक रहेको बताउँछन् ।

उनी भन्छन्–‘मासुको सेवन गर्दा बध गरिने बस्तु, बधस्थल, ढुवानी, भण्डार लगायतमा पूर्ण रूपमा स्वच्छता कायम गर्न नसकेमा रोग लाग्न सक्छ ।’ उनले स्वस्थ मासुको लागि फाम स्तरमा, ढुवानीको क्रममा, बधस्थल÷बधशालामा, मासु बिक्री गर्ने स्थानमा, उपभोक्ताको घरमा समेत उच्च सावधानी अपनाउनुपर्ने सुझाए  । यदि ५ चरणमा नै मासुमा उच्च सावधानी अपनाउन नसकेमा रोग सर्ने र लाग्ने संभावना उच्च रहनेको उनको भनाइ छ ।

पशु बध गरिने स्थानमामा टेवुलको सतह खिया नलाग्ने भएको, मासु झुण्डयाउन प्रयोग हुने रेल ९मिट रेल्स० ग्याल्भेनाइज्ड नगरिएको, अचानो बाहेक अन्य वेञ्च र टेवुलको सतहमा काठ प्रयोग नगरिएको, वध गरिएको पशु झुण्डयाउन आवश्यक पर्ने घिर्नी (पुल्ली), अंकुश (हुक) तथा डोरीको व्यवस्था गरिएको हुनुपर्ने मापदण्डमा छ ।

यस्तै प्रयोग गरिने हतियार, औजार तथा उपकरण खिया नलाग्ने किसिमको भै निर्मलीकरण (स्टेरिलाइजेशन) गर्ने सुविधा भएको, पशु वध गरिने स्थानमा तामा र सो मिसिएको ढलौट तथा क्याड्मियम प्रयोग गरिएको हतियार तथा उपकरणकहरू, पालिस वा इनामेल लगाइएका भाँडा, हतियार तथा उपकरणहरू, शिशा ९लिड० युक्त भाँडा तथा उपकरणहरू समेत प्रयोग गर्न नपाईने नियम रहेको छ ।

मासुको बध गरिसकेपछि त्यसको ओसारपसार गर्दा समेत विशेष ख्याल गर्नुपर्ने पशु चिकित्सक बताउँछन् । मासु ओसार पसार गर्दा ओसारपसार गर्ने साधनमा समेत मासु ओसारपसार गर्ने साधनको भित्री भागमा प्रयोग गरिएको सबै सामग्रीहरू खिया नलाग्ने, चिल्लो सतह भएको, पानी नसोस्ने, सजिलैसग सफा गर्न सकिने र निःसंक्रमण गर्दा प्रयोग गरिने रसायनले कुनै असर नपर्ने खालको भएको हुुनुपर्ने मापदण्ड रहेको छ ।

यस्तै मासु ओसारपसार गर्ने साधनमा जडित झ्याल ढोकाहरू राम्ररी बन्द गर्न सकिने किसिमको भएको, आवश्यक तापक्रम मिलाएर राख्न सकिने किसिमको भएको, मासु राख्न प्रयोग हुने भाँडोको भित्री भाग, औजार तथा उपकरण सफा र खिया नलाग्ने भएको हुनुपर्ने प्रावधान छ ।

यी साधनमा मासु राख्नुअघि निःसंक्रमण गरिएको हुनुपर्ने, ओसारपसार हुने मासुको कुनै पनि भाग जमिन वा खुला ठाउँमा नछोइएको र अन्य कुनै वस्तुबाट दूषित नभएको हुनुपर्ने, मासुको ओसार पसारमा प्रत्यक्ष संलग्न रहने व्यक्ति क्षयरोग वा अन्य संक्रामक रोग लागेको हुन नहुने जस्ता व्यवस्था मासु पशु बधशाला तथा मासु जाँच ऐन २०५५ मा उल्लेख छ ।

यस्तै टोक्सोप्लाज्मोसी नामक रोग पनि पशुबाट मानिसमा सर्ने रोग हो । जसले विरालोको दिसामा सम्पर्कमा भएमा डेरीमा बिरालो आएमा संक्रमित माउबाट जन्मीएका बाच्छा, बाच्छीहरूमा पनि यो रोग लाग्नसक्छ । यो रोग लागेको पशुको मासु तथा दिसाजन्य बस्तु सेवन गरेमा समेत रोग लाग्न सक्छ ।

यसको लािग बिरालोको दिसालाई राम्रोसंग नष्ट गर्नुपर्दछ । यस्तै झिंगा, साङ्ला लाग्ने गरी मासुजन्य पदार्थ र अन्य बस्तु राख्न नहुने पशु स्वाथ्य प्राविधिकहरू बताउँछन् । मानिस र पशुपन्छी बीच एक आपसमा सर्नसक्ने वा संक्रमण हुनसक्ने रोगलाई जुनोटिक वा जुनोसिस रोग भनिन्छ । जुनोटिक रोगहरूका कारकमा भाइरस, व्याक्टेरिया, परजीवि र ढुसी रहेका छन् ।

पशुबाट मानिसमा मासुबाट पशुमा सर्ने रोगमा इकाइनोकोसिस पहिलो रहेको छ । यो भित्ते जुकाबाट लाग्ने रोग हो । कुकुरमा हुने जुकासमेत रहेको कारण यो कुकुरको दिशामा रहने र जुन गाई,भैँसी, बाख्रा, भेडाले घाँसमार्फत खाने र जसबाट मानिसमा सर्ने समेत संभावना रहेको छ । यसले मानिसको कलेजो, फोक्सो पित्तमा समेत असर पार्ने पशु चिकित्सक डा। भरत काफ्लेको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार