मदिरा पान गर्नैपरे कसरी गर्ने ?

रक्सी सेवन

दसैँ भन्नेबित्तिकै ‘मासु, तास र रक्सी’ सबैभन्दा अगाडि आउँछ । टीका लगाउन पुगेको ठाउँमा पनि केही न केही खानेकुरा दिइरहेका हुन्छन् । 

घरमा जमघट छ । रक्सी पिउने र तास खेल्ने योजना छ भने अलि बढी ख्याल गर्नुपर्छ । पछिल्लो समय परिवार तथा आफन्तजनसँगको भेटघाटलाई खुसीको रूपमा मनाउनलाई चाडपर्वमा रक्सीको प्रयोग व्यापक हुने गरेको पाइन्छ । चिकित्सकका अनुसार रक्सी कहिल्यै पनि स्वास्थ्यको हिसाबले राम्रो मानिदैन । 

स्वास्थ्यको ख्याल राख्ने हो भने रक्सी सेवन नगरेकै राम्रो । तर, सेवन गर्नैपरे मासुको परिकार धेरै खानु हुँदैन । मासुभन्दा पनि सलाद, भटमास, बदाम साँधेर रक्सी सकिन्छ । मासु नै खानुपर्ने अवस्थामा उसिनेको चिकेनलाई साँधेर पनि खान सकिन्छ । 

त्यस्तै, विभिन्न चिप्सलगायत जंक फुडहरूभन्दा पनि ओखर, बदामको प्रयोग गर्न सकिन्छ । र, यस्ता खानेकुराहरू स्वस्थकर पनि मानिन्छन् । चाडपर्वमा हरेक खानेकुरालाई स्वस्थकर बनाउन सकिन्छ । 

थोरै रक्सी सेवन गरे पनि पानी धेरै पिउनुपर्ने जानकारहरू बताउँछन् । त्यस्तै, अमेरिकाको नेसनल इन्स्टिच्युट अफ अल्कोहल अब्युज एन्ड अल्कोहलिज्मको मापदण्डअनुसार एक दिनमा दुई पेगभन्दा बढी मदिराको सेवन गर्नु हुँदैन । 

नेसनल इन्स्टिच्युट अफ अल्कोहल अब्युज एन्ड अल्कोहलिज्मका अनुसार गर्भवती, कुनै पनि औषधि सेवन गरिरहेका व्यक्तिले भने रक्सी सेवन गर्नै हुँदैन । –शिलापत्रबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार